विश्वभर फेसबुक मेसेन्जर डाउन

messenger logo
लोकपाटी न्यूज

काठमाडौं। फेसबुक मेसेन्जर डाउन भएको छ। विश्वभरका थुप्रै प्रयोगकर्ताले यस एपमा समस्याको सामना गरिरहेका छन्। अनलाइन सेवामा आधारित सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार यो आउटेज समस्याका कारण लाखौं प्रयोगकर्ताले मेसेन्जरको सेवा प्रयोग गर्न सकिरहेका छैनन्।

यस्तो समस्या नेपाल मात्र होइन बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्ड लगायतका अन्य देशका फेसबुक प्रयोगकर्ताहरुले पनि सामना गरिरहेका छन्।

डाउन डिटेक्टरका अनुसार प्रत्येक मिनेट २४ सय प्रयोगकर्ताले मेसेन्जर लगईन गर्न, म्यासेज पठाउन र कल रिसिभ गर्न सकिरहेका छैनन्।

डाउन डिटेक्टरमा गुनासो गर्ने आधाभन्दा धेरै प्रयोगकर्ताहरुले सन्देश प्राप्त गर्न नसकिरहेको उल्लेख गरेका छन् भने ३१ प्रतिशतले सर्भर नै नभएको र १५ प्रतिशतले लगईन नभएको बताएका छन्। यस समस्याको कारण र कुन समयमा समाधान हुन्छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्