बिहीबार १२१७ कोरोना संक्रमित थपिए, मृतकको संख्या कति ?

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा थप १ हजार २ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जना कोरोना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर परीक्षण भएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन्। आज १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्