प्रधानमन्त्री ओली र भाजपाका विदेश विभाग इञ्चार्ज चौथाइवाबीच भेटवार्ता

pic 4
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टीको विदेश विभागका इञ्चार्ज डा. विजय चौथाइवाबीच भेटवार्ता भएको छ।

नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन्।

नेकपाभित्र संकट गहिरिएका बेला चौथाइवाको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँग भएको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ। भेटवार्ता के विषयमा कुराकानी भयो भन्ने केही खुलाइएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्