छोरीले गरिन् बुबाको हत्या

Death
लोकपाटी न्यूज

उदयपुर। उदयपुरमा छोरीले बुबाको हत्या गरेकी छन्। लिम्चिुङबुङ गाउँपालिकामा घरायसी विवादको क्रममा २८ वर्षीया छोरी अनिशाको कुटपिटबाट ५५ वर्षीय बुबा नेत्रबहादुर पुलामी मगरको मृत्यु भएको हो।

हत्या गरेको आरोपमा छोरी अनिशा पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध कर्तब्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ।

उनीहरूबीच घरायसी झगडा भएको र सो क्रममा अनिशाले बुबालाई कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएका नेत्रबहादुरको बुधबार मृत्यु भएको हो।

घटनापछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लिम्चिुङबुङबाट खटिएको प्रहरी टोलीले अनिशालाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्