काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको हो।
बैठकमा मंसिर २९ गते सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
बैठकमा पर्सी हुने विरोध प्रदर्शन र पार्टीको महाधिवेशनको विषयमा केन्द्रित सहमहामन्त्री महतले बताए। कांग्रेसले २९ गते देशैभरि सरकारविरुद्ध प्रदर्शन गर्दैछ।



लोकपाटी न्यूज

