काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमान सिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
प्रचण्डले कोरोना भाइरसको संक्रमणबाट शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान लामाको असामयिक निधन भएको खबरले दुखित तुल्याएको बताएका छन्।
बिहीबार जारी शोक वक्तव्यमा प्रचण्डले भनेका छन्, ‘लजुझारु बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महशुस गरेको छु। दिवंगत कमरेड लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
लामाको जन्म वि.सं. २००८ साल फागुन ९ गते बुबा चन्द्र सिं लामा र आमा मिश्रीमाया लामाको कोखबाट भएको थियो। वि.सं. २०३३ सालमा निर्मल लामा नेतृत्वको ने।क।पा ९चौम०बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका लामा वि.सं.२०३५ सालमा प्रचण्डको नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य भए।
वि.सं. २०६३ सालमा पुनरस्थापित संसद सदस्य रहेका उनी दक्षिण कोरियाका राजदूत भएका थिए। नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा थिए। लामाका दुई श्रीमतीहरु, १ छोरा र ४ छोरीहरु छन्।




लोकपाटी न्यूज

