कोरोनाबाट पूर्वसांसद लामाको निधन

kaman sing lama
लोकपाटी न्यूज

काठमाडौं। कोरोना संक्रमणबाट पूर्वसांसद कमानसिंह लामाको निधन भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको आज (बिहीबार) बिहान दुई बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

काभ्रेका कम्युनिष्ट नेता लामा विं.सं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत भएका थिए। लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए।