काठमाडौं। लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले गणतन्त्रका लागि प्रधानमन्त्री केपी शर्मा ओलीबाट खतरा भएको टिप्पणी गरेका छन्।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबाट नभई ओलीबाट त्यस्तो खतरा रहेको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जालमा बिहीबार संग्रौलाले लेखेका छन्, ‘वास्तवमा गणतन्त्रलाई खतरा कमल होइन, ओली हुन्,’ ‘तसर्थ कमलको बोलीमा लोली मिलाउँदै सडक बोलोस् ओली हटाऊ गणतन्त्र बचाऊ। ’
पछिल्लो समय राजावादीको सक्रियता बढेसँगै संग्रौलाले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै आएका छन्।
संग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन्ः कमल थापा गणतन्त्रका छद्म सचेतक हुन्।यदाकदा सडकमा ओर्लेर कमल भन्छन्-लुटतन्त्रीय कुशासन नै चलाउने हो भने तिम्रा ओलीभन्दा हाम्रा राजा तगडा छन्। म त भन्छु- वास्तवमा गणतन्त्रलाई खतरा कमल होइन,ओली हुन्।तसर्थ कमलको बोलीमा लोली मिलाउँदै सडक बोलोस्- ओली हटाऊ,गणतन्त्र बचाऊ !



लोकपाटी न्यूज

