पोखरा। कास्कीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार कोरोना संक्रमणबाट गण्डकी मेडिकल कलेज पोखरामा दुई र फिस्टेल अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको छ।
उनका अनुसार पोखरा महानगरपालिका–१४ का ७४ वर्षीय पुरूष र पोखरा-१५ का ६७ वर्षीय पुरूषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै, पोखरा महानगरपालिका–१६ की ५९ वर्षीया महिलाको फिस्टेल अस्पतालमा बुधबार बिहान मृत्यु भएको उनले बताए। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको छ।



लोकपाटी न्यूज

