साझा र विवेकशील पुनः एक हुँदै, के-के भए सहमति ?

Rabindra-Mishra-and-Milan-Pandey
लोकपाटी न्यूज

काठमाडौं।साझा पार्टी र विवेकशील दलले आज पुनः एकता गर्ने भएका छन्। यी दुई दलले आज दिउँसो भर्चुअल कार्यक्रम गरी एकिकरण घोषणा गर्न लागेका हुन्। पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ भने चुनाव चिन्ह तराजु हुनेछ।

पार्टीको अध्यक्ष रविन्द्र मिश्र रहनेछन् भने संयोजकको जिम्मेवारी मिलन पाण्डेले पाउनेछन्। दुबै दलबाट ६५ र६५ जना केन्द्रीय समितिमा रहनुहुनेछन्। यसैगरी २६ सदस्यीय सचिवालय चयन गरिनेछ। एकिकृत पार्टीले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायतका मुद्दालाई प्रगतिशील मुद्दाको रुपमा उठाउने जनाएको छ।

एकिकरण घोषणाको ६ महिनाभित्र एकता महाधिवेशन गर्ने बताइएको छ। यसअघि २०७४ साल साउन ११ गते एक भएका यी दुई दल २०७५ साल पुष २७ गते फेरी विभाजीत भएका थिए।