काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सामूहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिनेमा जोड दिएका छन्।
आज संघीय संसद सचिवालयमा रहेको पुस्तकालयको निरीक्षणका क्रममा सभामुख सापकोटाले सानो ठाउँमा पनिकसरी प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ भनेर सामूहिक छलफल गर्न सुझाव दिए। उनले आफ्नो र संसद सचिवालयको तहबाट आवश्यकसहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
सो अवसरमा सभामुख सापकोटाले पुस्तक पुज्नुपर्छ भनेर सिकाइएको संस्कारभित्र गहन अर्थ रहेको बताए। उनले भने ‘सँस्कार कस्तो बसाल्ने भन्ने महत्वपूर्ण हुन्छ, पुस्तकलाई पुज्नुपर्छ भनेर सिकाइएको अर्थ धेरै गहन छ।’
सभामुख सापकोटाले नयाँ नयाँप्रविधिको विकास भएपनि पुस्तकालयमा बसेर पढ्नुको मज्जा बेग्लै रहेको चर्चा गर्दै समयानुकूल परिवर्तन गर्दै ‘इ–लाइब्रेरी’का लागि गरिएको तयारीप्रति खुसी व्यक्त गरे।



लोकपाटी न्यूज

