बढी भाडा लिने २५ जना ट्याक्सी चालक कारबाहीमा

TAXI
लोकपाटी न्यूज

काठमाडौं। २५ वटा ट्याक्सी मङ्गलबार एकैदिन कारबाहीमा परेका छन्। नियमअनुसार चल्न नमान्ने २५ वटा ट्याक्सी कारबाहीमा परेका हुन्।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने २५ जना ट्याक्सी चालक कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

पछिल्लो समय ट्याक्सीले यात्रु ठगेको गुनासो बढेपछि अनुगमन र कारबाही तीव्र पारिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्