काठमाडौं। नेपाली कांग्रेसले संघीय संसदको बैठक तत्काल बोलाउन माग गरेको छ। मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेसले संसद बैठक बोलाउन माग गरेको हो।
कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले बैठकमा आफूहरुले संसद बैठक सञ्चालनको विषय पनि उठाएको बताए। गत असार १८ गते अन्त्य भएको संसद अधिवेशन अझै सुरू भएको छैन। संविधानअनुसार एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाइसक्नुपर्छ ।
जसअनुसार पुस १८ अगाडि नै संसद बैठक बोलाइसक्नुपर्छ। त्यस्तै, कांग्रेसले बैठकमा कोभिड नियन्त्रण र उपचारमा सरकार चुकेको, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार भएको, स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म भ्रष्टाचारमा मुछिएको, सरकारको दमन र विभेदकारी प्रवृत्ति देखिएको र संविधानको मर्मअनुरुप सरकार नचलेको विषयमा कुरा उठाएको महतले जानकारी दिए।



लोकपाटी न्यूज

