काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वदलीय बैठकबाट बाहिरिएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागी भएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति लिखित धारणा राखेर बाहिरिएका हुन्।
उनी बैठकबाट बाहिरिएपनि बैठकमा के धारणा राखे भन्ने सार्वजनिक गरिएको छैन। पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक अहिले बालुवाटारमा जारी छ।



लोकपाटी न्यूज

