विराटनगरमा ओली पक्षीय विद्यार्थी भेला

KP-Sharma-Oli
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्षका विद्यार्थीहरुको भेला आज विराटनगरमा हुँदैछ। काठमाडौंमा प्रचण्ड र नेपाल पक्षीय विद्यार्थीको भेलालगत्तै ओली पक्ष विद्यार्थीहरुले पनि प्रदेश १ स्तरीय भेलाको आयोजना गर्न लागेका हुन्।

विराटनगरमा हुने भेलामा पार्टीका केही केन्द्रीय सदस्य तथा विद्यार्थी नेताहरु ऐन महरलगायत सहभागी हुने जनाइएको छ। यसअघि ओली पक्षका विद्यार्थीहरुको उपत्यकास्तरीय भेला मंसिर १४ गते मदन भण्डारी कलेजमा भएको थियो। प्रचण्ड-नेपाल पक्षका विद्यार्थीको भेला मंसिर १९ गते थापाथली इन्जिनियरिङ कलेजमा भएको थियो।

ओली पक्षका विद्यार्थी नेता आरसी लामिछानेले आज भेला नभई चिया खान विद्यार्थीहरुलाई बोलाइएको बताए। उनले पार्टी एकताको पक्षमा माहोल बनाउन छलफल गरिने बताए। ‘पार्टीभित्र देखिएको अन्तरविरोधको विषयमा छ्लफल हुन्छ, नेतृत्वका विरुद्ध एकपछि अर्को गर्दै स्वदेशी–विदेशी शक्ति लागिरहेछ्न्, पार्टी एकताको पक्षमा माहोल बनाउन छलफल गरिन्छ,’ लामिछानेले भने।