किन घट्यो पीसीआर परीक्षण ?

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। कोभिड–१९ को पीसीआर परीक्षण केही दिनयता उल्लेख्य रूपमा घटेपछि संक्रमण नियन्त्रण थप चुनौतीपूर्ण भएको छ। सरकारी प्रयोगशालामा केही महिनाअघिसम्म दिनमा १० हजारभन्दा बढी नमुनाको पीसीआर परीक्षण हुने गरेकामा हाल ६ हजार हाराहारी परीक्षण भइरहेको छ।

सरकारले परीक्षणमा कमी ल्याउने मनसायले बनाएको टिप्पणी गर्दै विज्ञहरूले न्यून परीक्षणले कुनै पनि बेला संक्रमण ह्वात्तै बढ्न सक्ने चेतावनीसमेत दिएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले पीसीआर परीक्षण प्रक्रियालाई सरकारले ‘नियोजन’ गर्न खोजेको बताए। ‘परीक्षण गराउन गएकाहरू स्वास्थ्य संस्थाले तपाईं निःशुल्कको दायरामा पर्नुभएन, शुल्क तिर्नुपर्छ भन्दा त्यत्तिकै फर्कने गरेका छन,’ उनले भने ।

उनले हाल कन्ट्याक्ट ट्रेसिङ नभएर पनि नमुना कम संकलन भइरहेको बताए। वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले वाग्मती प्रदेशमा ३ दिनयता ६० देखि ७० प्रतिशतसम्म परीक्षण निजी प्रयोगशालामा भइरहेको बताए । कोभिड परीक्षण गर्ने सबैभन्दा बढी निजी प्रयोगशाला वाग्मती प्रदेशमा छन्।

डा. बीसीले विभिन्न बाध्यताका कारण आमनागरिकले खुलेर परीक्षण गराउन नचाहने गरेको बताए। मुलुकको केन्द्रीयस्तरको एक मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ९एनपीएचएल० मा पहिले दिनमा हजारौंको पीसीआर परीक्षण गरेको थियो। हाल एक–दुई सय नमुनाको मात्र परीक्षण भइरहेको छ।

पहिले विभिन्न पेसागत समूहबाट संकलन गरिने नमुनासमेत धेरै हुन गथ्र्यो। एनपीएचएलकै एक प्राविधिकले सरकारले निःशुल्क परीक्षणको मापदण्ड झन्झटिलो बनाएकाले पनि नमुना घटेको बताए। कान्तिपुरमा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्