सरकारका कारण गणतन्त्र विरोधीहरु उत्साहित भए : जनार्दन शर्मा

Janardan Sharma
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले वर्तमान सरकारकै कारण गणतन्त्र विरोधीहरु उत्साहित भएको बताएका छन्।

आइतबारको स्थायी समिटी बैठकमा छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गर्दै शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपाल मात्र राख्ने सरकारको निर्णयबाट गणतन्त्र विरोधीहरु उत्साहित भएको बताएका हुन्।

पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई सम्बोधन गर्दै पेश गरेको विशेष प्रस्तावमा नेकपाको सरकार र गृह प्रशासनले यस्ता क्रियाकलापको रक्षा गरिरहेको उनले आरोप समेत लगाए।

शर्माले संघीयता पक्षधर सबै पार्टीका बीचमा छलफल राखी जनभावना अनुसार अघि बढ्न माग गरे। नेता शर्माले कोरोना महामारीबारे तत्काल भ्याक्सिन ल्याएर कोरोना भाइरसबाट जनजीवन रक्षा गर्नुका साथै पूर्णरुपले आर्थिक गतिविधि सञ्चालन गर्न पनि माग गरेका छन्।