थप १ हजार ९६ जनामा कोरोना संक्रमण, मृत्यु हुने कति ?

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। आज देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या १ लाख ४० हजार ९ सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै १ हजार ७ सय ५२ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ जना पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ।

योसहित मृतकको संख्या १ हजार ५९४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन्। हाल देशभर १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्