बृहत मधुमेह एवं साधारण स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

pic
लोकपाटी न्यूज

काठमाडौं, २१ मंसिर। कोरोना महामारीले विश्व नै आक्रान्त भैरहेको बेला स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्डलाई ख्याल राख्दै बृहत मधुमेह तथा साधारण स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

लायन्स र लियो क्लव अफ काठमाडौं युनाइटेड फ्रेन्ड्स, पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघ, अनमोल वचत तथा ऋण सहकारी संस्था लि. र वुद्धमाइ हस्पिटलको संयुक्त आयोजना एवं कागेश्वरी मनोहरा न पा वडा नम्बर ९ को समन्वय र देवल फार्मेसीको विशेष सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो।

लायन्स क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्ड्सका अध्यक्ष लायन दिपक थापाको अध्यक्षता र लायन दिप्रश शाक्यको संयोजकत्वमा भएको सो बृहत मधुमेह एवं साधारण स्वास्थ्य परीक्षण कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिको रुपमा कागेस्वरी न पा ९ का अध्यक्ष कुन्दन खड्का , लायन बिनय बस्नेत ( इभ्यालुएशन चिफ ) लायन कुन्दन खड्का ( डिष्ट्रीक लिगल चिफ) , लायन अमर ज्योति रन्जित (एरिया चिफ एरिया नम्बर १ डिस्ट्रीक ३२५ बी २ ), लायन श्याम कृष्ण दाहाल , लायन दिपक आचार्य, लायन यदुराज लामिछाने आशिष (डिष्ट्रीक डिपार्टमेन्ट चिफ), एमजेएफ लायन अनिल कुमार बराल (जोन चेयर पर्शन) नाटक तथा चलचित्र लेखक तथा निर्देशक एवं आर. टी.आइ. एइड इन्टरनेश्नल नेपालका अध्यक्ष जीवन थापा क्षितिज, संचारकर्मी एवं सिनेकर्मी कृष्णजित राई, अनमोल बचत तथा ऋण सहकारी संस्थाका संचालक सन्तोष श्रेष्ठ, लियो क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्ड्सकी अध्यक्ष स्मृती कुँवर लगायत अन्य लायन्स लियो तथा अन्य व्यवसायीहरुको उपस्थिति रहेको थियो।

pic 3

कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णहरि थापाले आफू पनि लायन्स भएको र लायन्स क्लव लगायत अन्य संघसंस्था मिलेर गरेको स्वास्थ्य शिविरले आम नगरबासीलाई राहत मिलेको बताए। उनले कोरोना कहरको विशेष परिस्थितिले गर्दा हस्पिटलसम्म जान नसकेका अति बिपन्न नागरिकको निशुल्क मधुमेह तथा साधारण स्वास्थ परीक्षणले सबैलाई हर्षित बनाएको बताए।

विशेष अतिथिको तर्फबाट बोल्दै लायन विनय बस्नेतले यस्तो स्वास्थ्य शिविरले अति विपन्न नागरिकलाई विशेष सहयोग पुग्ने भन्दै आयोजको काम प्रति विशेष धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै आयोजकको तर्फबाट पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष रमेश घिमिरेले स्वास्थ्यजस्तो संवेदनशील विषयको कार्यक्रम लायन्स क्लवसँग मिलेर गर्न पाउँदा आफूहरु हर्षित भएको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने कुरासहित सबैलाई स्वागत गरे।

उक्त कार्यक्रममा करिब एक सय जनाले प्रत्यक्ष रुपमा निशुल्क स्वास्थ्य जाँच गराएका थिए। सो कार्यक्रममा आमन्त्रीत डाक्टरहरु डा. रोजन अधिकारी, डा. विकास शाहनी, डा. रमेश पौडेल, डा. साकेत झा, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुको कुशल नेतृत्व वुद्धमाई सेन्टरका प्रवन्ध निर्देशक एवं लायन लक्ष्मण भण्डारीले गरेका थिए। कार्यक्रमलाई विशेष सम्वोधन गर्दै सभाध्यक्ष लायन दिपक थापाले सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई समापन गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्