गुर्जो बेचेर मनग्य आम्दानी गर्दै पश्चिम नवलपरासीका किसान तिवारी

Collected gurjo
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, २१ मंसिर। कोरोनाको महामारीले नै बढि चर्चा पाएको रोगप्रतिरोधात्मक क्षमता भएको जडिवुटि गुर्जोबाट पश्चिम नवलपरासी सुनवल ६ का धनप्रसाद तिवारीले आम्दानी गर्न सफल भएका छन्।

सुरुमा कृषि र पशुपालन गर्दै आएका तिवारी विभिन्न संघ सस्थाहरुले दिएको उद्यम सम्वन्धी तालिम पश्चात दुर्गा वेल जुस तथा फलफुल प्रशोधन उद्योग समेत संचालन गरी देशका विभिन्न बजारहरुमा बेलको जुस र त्रिफला चुण उत्पादन गरि विक्रि वितराण गर्दै आएका छन्।

कोरोनाको महामारीसंगै अहिले उनी गुर्जो संकलन र गुर्जोकै पाउडर बनाई विभिन्न ठाउँमा पु¥याउन ब्यस्त छन्। सुरुमा कोरोनाको महामारीमा गुर्जोले गर्ने फाइदा विभिन्न संचार माध्यामबाट थाहा पाएपछि आयुर्वेदिक वैद्यसंग परामर्श लिई गुर्जो संकल, कटान र पिसानी गर्ने र गुर्जोकौ पाउडर उत्पादन गरी देशका विभिन्न बजार सम्म पठाउदै आइरहेको धनप्रसाद तिवारीले बताए।

बजारको माग अनुसार आफूले पाउडर उत्पादन गर्न नसकेको र आफूले भ्याएसम्म गुर्जोको पाउडर, कटपिस टुक्राहरु बजारमा पठाउदै आएको उनको भनाइ छ। खास गरी काठमाडौं, नारायणढ , वुटवल र स्थानीय बजार सुनवल लगायतका ठाँउमा बढि माग हुने गुर्जोबाट मासिक ३५ हजार देखि ५० हजार सम्म आम्दानी गर्न सफल भएको धनप्रसाद तिवारीले बताए। कोरोनाको महामारीसंगै चर्चा पाएको गुर्जोको विभिन्न खालका आयुर्वेदिक गुण भएको भन्दै बलड् प्रेसर, सुगरलाई समेत नियन्त्रण गर्ने भएकाले यसको निरन्तर प्रयोग गरी रोगप्रतिरोधात्मक क्षमता बढाई अरु विभिन्न रोगबाट समेत बच्न सकिने तिवारीको सुझाव छ।

मौसमी रुपमा वेल जुस उत्पादन गर्दै आएका धनप्रसाद तिवारी कोरोना महामारीको बीचमा गुर्जो संकलन गर्ने र पाउडर र गुर्जोको टुक्रा विक्रि वितरण गरी आफू र श्रीमती दुर्गा तिवारी समेत रोजगारी बन्न र आम्दानी गर्ने सफल भएका छन्। जसबाट दुई छोरा दुई छोरीसहित ६ जनाको परिवारलाई आवश्यकताहरु परिपूर्ति गर्न कुनै अप्ठेरो नपरेको तिवारीको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्