स्याङ्जामा कांग्रेस परित्याग गरी ६ सयभन्दा बढी नेकपामा प्रवेश

pic 1
लोकपाटी न्यूज

स्याङ्जा। स्याङ्जाको हरिनास गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नेको लर्को लागेको छ। नेपाली कांग्रेस परित्याग गरी ६ सयभन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्।

दुई महिनाको बीचमा हरिनास गाउँपालिकामा कांग्रेस परित्याग गरी ६ सयभन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका नेकपाका स्थानीय नेता एल.पी ढकालले जानकारी दिए।विभिन्न टोलमा भएका कार्यक्रममा सो संख्याका कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्।

हरिनास ६ बाट १३१, हरिनास ५ बाट १६१, हरिनास ४ बाट ४२, हरिनास ४ सिरौलेबाट ३८ जना,हरिनास ३ बलाम्दिबाट २२ जना, हरिनास ६ बलिकोट देखि ३१ जना, हरिनास ४ धुङ्गेठातिबाट ३० जना हरिनास छ भुरुङ्सिङबाट १६ जना कांग्रेस परित्याग गरी नेकपा प्रवेश गरेका हुन्।

यसरी पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता बालकृष्ण थापा, यु बहादुर राना, गुप्त बहादुर राना, गेमन सिङ राना, तारा बहादुर थापा, तुलबहादुर थापा, याम बहादुर थापा, देवल सिङ थापा, याम बहादुर थापा, नौल सिङ थापा, केश बहादुर राना, शेर बहादुर थापा, दान सिङ राना, कृष्ण बहादुर थापा, मेख बहादुर राना, बुद्ध बहादुर थापा, दुध बहादुर नेपाली, मोहन नेपाली, दिल बहादुर नेपाली, लेख बहादुर राना, निजय थापा, बलु थापा, ओम बहादुर राना,सुजन राना, कुमार थापा, बिवस थापा, अशोक थापा, किसान राना, मोहित थापा, रिम बहादुर नेपाली, सुभाष नेपाली, श्रीराम थापा, अरुण नेपाली, टेक बहादुर नेपाली, जङ्ग बहादुर नेपाली, माया थापा, बबिता थापा, र देउ कुमारी थापा लगायत रहेका छन्।

गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको उत्कृष्ठ कार्यशैलीका कारण र कांग्रेसको पश्चगामी विचार र कार्यशैलीको कारण आफूहरु नेकपामा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका थिए। नव प्रवेशीहरुलाई माननीय नारायण मरासिनी, नेकपा नेता शैलेन्द्र घिमिरे र गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले अविर र खादा लगाई स्वागत गरेका थिए।