महँगो चुनाव खर्चका कारण नेताहरू भ्रष्ट हुँदै गए : डा. बाबुराम भट्टराई

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको निर्वाचन प्रणालीले देशमा ‘सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता’ कायम हुन नसक्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत डा. भट्टराईले निर्वाचन प्रणालीमा व्यापक परिवर्तन ल्याउने पर्ने बताएका हुन्।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र पूर्ण समानुपातिक संसदीय प्रणालीमा भ्रष्टाचार र अस्थिर नेतृत्वको समस्या नहुने जिकिर गरेका छन्। यो निर्वाचन प्रणाली कम खर्चिलो भएकोले भ्रष्टाचारले प्रशय नपाउने उनको धारणा छ। यस निर्वाचन प्रणालीको अवलम्बन गर्न सबै राजनीतिक दल तथा नेतृत्वले आट गर्नुपर्ने डा. भट्टराईले बताए।

उनले लेखेका छन्, ‘ऐले दुई तिहाइ सरकारको संकट, भ्रष्टाचारको नयाँ रेकर्ड, जनताको असन्तुष्टि, प्रतिगामीहरूको ताउरमाउरको एउटै दिगो इलाज हो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली(जसले सक्षम र स्थिर नेतृत्व दिनेछ) पूर्ण समानुपातिक संसद् (जसले सबै समुदायको प्रतिनिधित्व, चुनावी खर्च कटौती गर्नेछ) ! सबैले आँट गरौं !’