काठमाडौं। जनता समाजवादी पार्टी (नेपाल) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजवादीहरुले गरेको प्रदर्शनका सन्दर्भमा टिप्पणी गरेका छन्।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले २४० वर्षको राजतन्त्रले थुपारेको फोहोर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भनेर त्यही डंगुरमा फर्कन नहुने बताएका छन्। उनले राजावादीलाई पछाडि नफर्किन सुझाव दिँदै ‘फेरि फोहोरको डंगुरमा फर्कने ?’ भन्दै प्रश्न गरेका छन्।
उनले भनेका छन्, ‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न- ‘ २४० बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरीबी, वेरोजगारी, भ्रष्टाचार, जातीय र क्षेत्रीय र लैंगिक विभेद, पराधीनताको फोहर १२ बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ?’
ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न: २४०बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता,गरीबी,वेरोजगारी,भ्रष्टाचार,जातीय/क्षेत्रीय/लैंगिक विभेद,पराधीनताको फोहर १२बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने?
— Baburam Bhattarai (@brb1954) December 5, 2020



लोकपाटी न्यूज

