काठमाडौं। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने बताएका छन्।
शनिबार बसेको सचिवालय बैठकमा पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका थिए।
नेताहरुको यस्तो धारणा आएपछि अध्यक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान दोहोर्याएका हुन्।
ओलीले बैठकमा भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिन, अध्यक्ष पनि छाड्दिन। ‘यो स्थायी समिति पनि काम छैन। यसले केही काम पनि गर्न सक्दैन।’
नेताहरुले बैठकमा ओलीलाई सहमतिबाट अघि बढ्ने भए अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्न आग्रह गरेका थिए।ओलीले यस्तो बताएपछि आइतबारका लागि स्थायी समिति बैठक बोलाइएको छ।



लोकपाटी न्यूज

