काठमाडौं। नेपालमा आज एक हजार २४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ६ हजार ७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुषमा संक्रमण पुष्टि भएको हो।
जसमध्ये थप ४६० जना संक्रमित काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३९ हजार ८८५ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २ हजार २०६ जनाले संक्रमण जितेका छन्। यीसहित नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख २४ हजार ५३ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ५७७ पुगेको छ।



लोकपाटी न्यूज

