पोखरामा कोरोना संक्रमित तीनको मृत्यु

corona-death
लोकपाटी न्यूज

कास्की। पोखरामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार फिस्टेल अस्पतालमा दुई जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो।

पोखरास्थित फिस्टेल अस्पतालमा पोखरा महानगरपालिका-१२ का ८० वर्षीय पुरुषको शनिबार मध्याह्न १२स्१५ बजे र सोही महानगरपालिका-११ की ७२ वर्षीया महिलाको शुक्रबार राति ८:४५ बजे मृत्यु भएको डा. शर्माले बताए।

८० वर्षीय पुरुषमा मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ७२ वर्षीय महिलामा मंसिर १८ गते संक्रमण पुष्टि भएको थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका-१७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको डा. शर्माले बताए।

उनीमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मधुमेहका बिरामी समेत थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्