महिला जनप्रतिनिधिद्वारा सामूहिक आलु खेती सुरु

aalu-kheti
लोकपाटी न्यूज

पाल्पा। पाल्पाको रामपुर नगरपालिकाका महिला जनप्रतिनिधिहरुले सामूहिक रुपमा व्यावसायिक आलु खेती सुरु गरेका छन्।

७ जना महिला जनप्रतिनिधिले संयुक्तरुपमा कृषि कार्यालयको सहयोगमा ५ रोपनी क्षेत्रफलमा उन्नत जातको बिउको प्रयोग गरी आलु खेतीको सुरुवात गरेका हुन्।

खाद्यान्न तथा तरकारी उत्पादनका लागि उर्वर भूमिको रुपमा रहेको रामपुर फाँटमा नगरका कार्यपालिका सदस्यहरुले समय अनुसार मौसमी, बेमौसमी तरकारी खेति गर्ने उद्देश्य राखेका छन्।

महिलाहरुको आर्थिक विकासमा टेवा र्पुयाउने उद्देश्यले महिला जन प्रतिनिधिहरुले कृषिको व्यावसायिकरणका लागि जोड दिएका हुन्।

बजारमा माग बढेपछि आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय सरकारको कृषि शाखामार्फत् नयाँ कार्यको थालनी गरीएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्