काठमाडौं। चीनको एक कोइलाखानीमा विषालु ग्याँस चुहिँदा १८ जनाको मृत्यु भएको छ।दक्षिण पश्चिम चुङ्चिङस्थित कोइलाखानीमा विषालु ग्याँस चुहिँदा १८ जनाको मृत्यु भएको हो।
पाँच जना मजदूर हराइरहेका छन् भने एक जनालाई जिवितै उद्धार गरिएको छ। दुई महिनादेखि बन्द उक्त खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा कार्बनमोनोक्साइड ग्यास चुहिएको थियो।
दुर्घटनाबारे छानबिन सुरु गरिसकेको अधिकारीहरुले जनाएका छन्। विश्वमा सबैभन्दा धेरै कोइला उत्पादन तथा खपत हुने चीनमा सुरक्षासम्बन्धी नियम पालनामा लापरवाही हुंदा खानीमा दुर्घटनाहरू भइरहन्छन्। एजेन्सी



लोकपाटी न्यूज

