काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। सचिवालय बैठक अघि दुई अध्यक्षबिचको झण्डै आधी घण्टा वान-टू-वान भेटवार्ता भएको थियो। यद्यपि भेटमा के कुरा भयो यसबारे खुलाइएको छैन।
बुधबारको बैठकमा भने ओली अनुपस्थित थिए। बुधबारको सचिवालय बैठकले शनिबारको बैठकमा सहभागी हुन ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो। भोलि स्थायी कमिटीको बैठक बोलाइएको पूर्वसन्ध्यामा नेकपाका सबै घटनाक्रमलाई चासोपूर्वक हेरिएको छ। बुधबारको बैठकले मंसिर २१ गते स्थायी समिति बैठक आयोजना गर्ने निर्णय गरेको थियो।



लोकपाटी न्यूज

