काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्दै छ। बैठक अघि शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेका प्रस्तावमाथि छलफल गर्ने तयारी छ।
बुधबारको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि २० मिनेटमै बैठक सम्पन्न भएको थियो। आजको सचिवालय बैठकमा पनि ओलीको उपस्थिति हुने नहुने अहिलेसम्म टुंगो लागेको छैन। यता अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्य ओली नआए पनि आजको बैठक रोक्न नहुने पक्षमा छन्।
नेकपा वरिष्ठ नेता झलनाथ खनालले पूर्वनिर्धारित सचिवालय बैठक कोही व्यक्ति उपस्थित नहुँदैमा नरोकिने बताए। उनले आज बस्ने बैठकले स्थायी समितिको बैठकका लागि एजेन्डा तय गर्ने बताए। बुधबारको सचिवालय बैठकले भोलिका लागि स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको थियो।



लोकपाटी न्यूज

