हुम्ला। हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। बिरामी बोकेको लु २ च २१०२ नम्बरको जीप डाँडाफयामा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन। घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्किने क्रममा डाँडाफयामा गएराति ११ बजे जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।



लोकपाटी न्यूज
