काठमाडौं। नेपाली कांग्रेसले सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ। कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसेको पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीका उपसभापति विमलेन्द्र निधिका अनुसार कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुव्र्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो।
बुधबार तनहुँमा पुल उद्घाटनको विषयमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको घटनामा पार्टीको धारणा बनाउन सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका हुन्। बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो ।



लोकपाटी न्यूज

