शुक्रबार कति कोरोना संक्रमित थपिए ?

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। देशभर २४ घण्टामा थप १२ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ३८ हजार ८६१ जना पुगेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो।

यता, पछिल्लो २४ घण्टामा १५ सय ७५ जना कोरोना संक्रमित निको भएका छन्।

योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या २ लाख २१ हजार ८४७ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १६ जनाको ज्यान गएको छ। नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १५ सय ६७ जना पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्