काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी बैठक शुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बैठक सुरु भएको हो।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीहरु सहभागी छन्। आजको बैठकमा काँग्रेसले सरकारको कार्यशैलीविरुद्ध लिने रणनीतिबारे छलफल हुने बुझिएको छ।
सभापति देउवा ओली सरकारप्रति नरम बनेको भन्दै आलोचना भइरहँदा बुधबार तनहुँमा पुल उद्घाटन गर्न रोकेर प्रहरीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको घटनाले काँग्रेस नेतृत्वमाथि दबाब बढेको छ।
बुल्दीखोला पुल उद्घाटनमा पुगेका पौडेललाई प्रशासनको निर्देशनमा नियन्त्रणमा लिइएपछि देशव्यापी रुपमा काँग्रेस कार्यकर्ता आन्दोलित भएका छन्। देशव्यापी आन्दोलन गरी सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने दबाबसँगै आजको बैठकले यसको तयारी गर्ने बुझिएको छ।



लोकपाटी न्यूज

