प्रचण्ड–नेपाल समूहको युवा विद्यार्थी भेला सुरू

pic
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा–विद्यार्थी भेला सुरु भएको छ।

काठमाडौंको थापाथली क्याम्पसमा सुरु भेलामा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङलगायत नेताहरुको सहभागिता रहेको छ।

नेकपाको विवाद तल्लो तहसम्म झाँगिदै छ। पार्टीभित्र विवाद बढ्दै जाँदा दुवै समूहले भेला, बैठकमार्फत् आफ्ना कुरा राख्न थालेका छन्।

केन्द्रमा विवाद चर्किरहेका बेला विवाद तलतलसम्म पुगिरहेको छ । पार्टी अध्यक्ष केपी ओली पक्षले मदन भण्डारी फाउन्डेसनका नाममा देशव्यापी गतिविधि गरिरहेका बेला प्रचण्ड-नेपाल पक्षले पनि भेला गरेको हो।