काठमाडौं। काँग्रेस सांसद सुजाता कोइरालाले सरकारलाई संसद् अधिवेशन छिटो बोलाउन आग्रह गरेकी छन्। आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले संसद् नहुँदा आफूहरूले बोल्ने ठाउँ समेत नभएको बताइन्।
उनले भनिन्, ‘पार्लियामेन्ट छिटो सञ्चालन हुनुपर्यो। हामीले कुरा पनि राख्न पाएका छैनौँ। अधिवेशन छिटो बोलाउनुपर्यो।’ सरकारसँग स्पष्ट नीति पनि नभएको नेतृ कोइरालाको भनाई छ। सरकार विश्वसनीय नभएको कुरा जनताबाट आइरहेको समेत उनले बताइन्।
‘यो सरकार रिलायबल छैन भन्ने कुरा जनताबाट आएको छ। स्पष्ट नीति आउँदैन, त्यस कारण एउटा लाइनमा हिँड्छ फेरी झट्ट अर्को कुरा गर्छ,’ उनले भनिन्, ‘यसले गर्दा सरकारको फितलोपन देखिन्छ। पार्लियामेन्ट हुनुपर्यो। हामीले कुरा पनि राख्न पाएका छैन।’



लोकपाटी न्यूज

