काठमाडौं। मौसमविद् निराजन सापकोटाका अनुसार आज देशभर पहाडी क्षेत्रमा मौसममा बदली आउने छ।
प्रदेश–१, गण्डकी प्रदेश र वागमती प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको सापकोटाले जानकारी दिए।
पूर्वी र मध्ये क्षेत्रका हिमाली भू–भागमा सामान्य हिमपातको समेत समभावना रहेको उनले बताए। “तराईका जिल्लामा अहिले केही हुस्सु रहे पनि बिस्तारै फाटेर जाने छ,” उनले भने।
तराइका जिल्लामा हुस्सुका कारण हवाई तथा सडक यातायात सेवा केही समय प्रभावित हुनसक्ने भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हुस्सुका कारण तापक्रममा कमी आउने हुँदा चिसोबाट बच्न विभागले आग्रह गर्दै आएको छ।



लोकपाटी न्यूज
