जन्मदिनमा देवकोटाले सहयोग गरे खेलकुद तथा खाद्य साम्रगी

pic 111
लोकपाटी न्यूज

गोरखा। पालुङ्टार नगरपालिका-५ निवासी नेकपा गोरखाका युवा नेता, समाजसेवी आशिष देवकोटाले अनावश्यक फजुल खर्ज कटाएर सामाजिक कार्यमा खर्च गरेका छन्।

देवकोटाले बिहीबार आफ्नो जन्मदिनको अवसरमा उनले पानपा-१ सातदोबाटोका युवाहरुलाई र पानपा -१० जोगिडिही चन्द्र ज्योति युवाक्लवलाई खेलकुद सामग्री प्रदान गरेका हुन्।

यसैगरी देवकोटाले पानपा-४ बेल्टारका सानुबाबु भुझेलको अशक्त परिवारलाई खाध्यान्न सामग्री सहयोग गरेका छन्। विगत वर्षहरुको निरन्तरता रुपमा सहयोग गरेको र आफ्नो सानो सहयोगले उहाँहरुलाई ठूलो मद्दत गर्ने अपेक्षा लिएको देवकोटाले बताए।

विगतका दिनहरुमा पनि विभिन्न अवसर पारेर यस्ता सामाजिक क्रियाकलापमा संलग्न देवकोटा राजनीतिक जीवन सँगसँगै पालुङटारमा एक सफल व्यवसायी तथा सामाजिक व्यक्तिका रुपमा परिचित छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्