सचिवालय बैठकमा जान ओली सहमत

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। आजको सचिवालय बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभगि हुने भएका छन्। आफू निकट नेताहरुसँग आज विहान भएको छलफलपछि ओली बैठकमा बस्न तयार भएका हुन्।

स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी हुने जानकारी दिए।

मंगलबारको सचिवालय तनावपूर्ण भएको थियो र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार १ बजे बैठक बस्ने सूचना दिएका थिए। तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘यस्तो बैठक के काम’ भन्दै उठेका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि कार्यव्यस्तताका कारण ओली बुधबार बोलाइएको पार्टी सचिवालयको बैठकमा सहभागी नहुने मंगलबार जानकारी दिएका थिए।