काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘प्रतिगमनको सफलता’ प्राप्त गर्ने सोच नराख्न चेतावनी दिएका छन्। प्रवक्ता श्रेष्ठले जनताद्वारा विस्थापित शक्तिहरु पुनःस्थापित हुन नसक्ने बताएका हुन्।
‘प्रतिगामी शक्तिहरुले नेपालमा फेरि पनि प्रतिगमनको सफलता प्राप्त गर्ने नसोचे हुन्छ,’ मंगलबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा भएको छलफलबारे जानकारी दिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने।
देशका विभिन्न शहरमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै भएका प्रदर्शनको सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन्।
प्रवक्ता श्रेष्ठले लोकतान्त्रिक अभ्यासका क्रममा केही कमि–कमजोरी भएका छन भने त्यसको समीक्षा गरेर अगाडि बढ्न सकिने बताए।



लोकपाटी न्यूज

