सिरहा। नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको संघर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैको सपना पूरा नहुने बताएका छन्।
पार्टी कार्यक्रमका लागि सिरहा आइपुगेका अध्यक्ष साहले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरु भए पनि अहिलेका जनता सचेत भइसकेकाले ती शक्तिको सपना पूरा हुन नदिने बताए।
उनले आर्थिक अपारदर्शिता र महिला हिंसाविरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाउन लागेको जानकारी पनि दिए। रासस



लोकपाटी न्यूज

