सचिवालय बैठकमा महासचिवको बर्थ डे सेलिब्रेसन

bishnu_paudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ। पौडेललाई शुभकामना दिएर मंगलबारको बैठक सुरु गरिएको हो।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए। त्यस अवसरमा पार्टी उपाध्यक्ष बामदेव गौतमले पौडेललाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गर्दै जानुहोला भनी शुभकामना दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामजिक सञ्जालमा लेखेका छन्ः

महासचिव कमरेड विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै पार्टी सचिवालयको बैठक शुरूभएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेता कमरेडहरूले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।

उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिनुभएको छ । ६२ बर्षमा प्रवेश गर्नुभएका महासचिव कमरेडलाई हाम्रो पनि हार्दिक बधाई तथा सफल र स्वस्थ जीवनको शुभकामना ।

तस्विरः प्रधानमन्त्रीको सचिवालय