काठमाडौं। नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अहिले पनि सरकारलाई पूर्णाधिकार प्राप्त भएको बताएका छन्।
बिहीबार आफ्ना कार्यकक्ष सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले वर्तमान सरकारलाई काम गर्न कुनै अंकुश नभएको बताएका हुन्।
उनले सरकारलाई कामचलाउ वा राजीनामा दिनुपर्ने जस्ता तर्क गलत भएको बताए। नेता नेम्वाङले चुनावका सवालमा ‘जसको सरकार छ, उसैले चुनाव गराएर नयाँ निर्वाचित शक्तिलाई हस्तान्तरण गर्नुनै लोकतन्त्रको सही विकल्प हुने बताएका थिए।
नेम्वाङले टेलिफोनमा अनौपचाकि सम्बादहरु हुने गरेको भएपनि ठोष र परिणाममुखी छलफल भने प्रचण्ड-नेपाल पक्षसँग हुन नसकेको बताए।



लोकपाटी न्यूज

