काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकारनै नभएको बताएका छन्। मंगलबार विभिन्न दलआबद्ध महिला सांसदहरूको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस्तो बताएका हुन्।
अहिलेको संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको बताए। त्यस्तै उनले सर्वोच्च अदालतमा पनि त्यहीअनुसारको प्रत्युत्तर दिने तयारीमा रहेको पनि उनको भनाइ थियो।
संविधानको रक्षाका लागि कसरी भूमिका खेल्ने भन्नेबारे बृहत छलफल गरिरहेको पनि उनले बताएा थिए। संसद् विघटनको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएपछि कारण देखाऊ आदेश जारी भएको छ। सभामुखसँग समेत जवाफ मागिएको छ। प्रत्युत्तरमा अहिलेको परिस्थितिमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नभएको जवाफ अदालतका बुझाउने तयारीमा रहेको उनले बताए।



लोकपाटी न्यूज

