काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम नेकपा विभाजन समूहभन्दा बाहिरै रहेका छन्। उनले अहिलेसम्म कुनै पनि कित्ता खुलाएका छैनन्।
उनले यसबीचमा नेताहरुसँग भेटघाटका क्रममा आफू पार्टी एकताको लागि पहल गरिररहेको र एकताको ठाउँ खाली राखेर गतिविधि गर्न दुवै पक्षका नेताहरुलाई भनिरहेका छन्। नेपालमा विद्यमान कानूनले दुई दल मिलेर एकीकरण भएको पाँच वर्षसम्म विघटन गर्न पाइँदैन भनेको हरफलाई समातेर वामदेव हिंडेका छन्।
संविधानमै नभए पनि ओलीले संसद नै विघटन गरिरहेको सन्दर्भमा यी कानूनहरु न ओली मान्न तयार छन् प्रचण्ड-नेपाल। वामदेव गौतम भने तत्काल एकताको लागि पहलकदमी लिन एकता समिति अभियान घोषणा गर्ने तयारीमा रहेका छन्।
गौतमलाई भेटेर फर्किएका एक नेताले भने, ‘उहाँ यसै साता नेकपा एकता समिति नामको एउटा अभियान घोषणा गर्ने तयारीमा हुनुहन्छ। उक्त समितिले अझै नेकपालाई एकतावद्ध बनाउन सकिने सम्भावनालाई पक्रिनेछ र एकताको लागि पहलकदमी लिनेछ।’
ै



लोकपाटी न्यूज

