काठमाडौं। प्रदेश नम्बर १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ। नेकपा प्रचण्ड-माधव पक्षले संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको हो।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो। बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको हो।
प्रदेश १ मा नेकपाका ६७ सांसद रहेका छन्। उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए।



लोकपाटी न्यूज

