भोलीदेखि श्रम स्वीकृति खुल्ने, कसरी लिने श्रम स्वीकृति ?

लोकपाटी न्यूज

काठमाडौं। भोलिदेखि अनलाईन पुन: श्रम स्वीकृति खुल्ने भएको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै अनलाईन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य भोलि (शुक्रबार) बाट खुला गर्ने जानकारी दिएको हो।

‘श्रम स्वीकृति लिन चाहने बैदैशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाईन माध्यमबाट नै श्रम स्वीकृतिको आवेदन दिई श्रम स्वीकृति प्राप्त गर्न सकिने गरी अनलाईन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य १७ गतेबाट सूचारु हुने छ।’ सूचनामा भनिएको छ।

Re-entry-Online-Notice_9QZoE8M8P8

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्