मेला हेर्न गएका स्थानीयमाथि खुकुरी प्रहार, पाँच युवा घाइते

Khukuri
प्रतिकात्मक तस्बिर
लोकपाटी न्यूज

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाँउपालीका ६ मा बुधबार राति एउटा समुहले मेला भर्न गएका स्थानीयमाथी खुकुरी प्रहार गर्दा ५ जना घाइते भएका छन भने एकको अवस्था गम्भीर रहेको छ।

मेलामा रमाइलो गरिरहेका स्थानीयलाई १०/११ जनाको समूहले खुकुरीसहित आएर पछाडीबाट अन्धाधुन्ध खुकुरी प्रहार गरी घाइते बनाएको हो।

खुकुरी प्रहारबाट मनोज श्रेष्ठ, केदार श्रेष्ठ, सुनिल श्रेष्ठ, शान्तकुमार श्रेष्ठ, खड्का ध्वोज श्रेष्ठ, लाल बहादुर श्रेष्ठलगायत घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि न्युरो हस्पिटल काठमाडौं  बांसबारीमा लगिएको छ। उक्त घाइतेहरुमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

खुकुरी प्रहार गर्ने एक जना जीवन भण्डारीलाई पक्राउ गरिएको छ भने अरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, बार्हबिसेले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्