बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

PM_KP_Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

केहीबेर अघि सुदूरपश्चिमका आफूनिकट कार्यकर्तालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा गएका हुन्।

प्रतिनिधि सभा विघटनपछि नेकपा (प्रचण्ड-नेपाल) पक्षका केही मन्त्रीहरुले राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीले तत्काल रिक्त मन्त्रालयलमा नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद हेरफेर गरेका थिए।

मन्त्रिपरिषद पुनर्गठनपछिको यो दोस्रो बैठक हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्