मैले जति काम इतिहासमा अहिलेसम्म कसैले गरेको छैन : ओली

kp-sharma-oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म आफूले जति काम इतिहासमा कसैले नगरेको बताएका छन्।

सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले भूकम्पपछिको पुनर्निर्माण र अन्य विकास निर्माणका आयोजनाको काम तिव्र गतिमा सम्पन्न भइरहेको बताएका हुन्।

ओलीले भने, ‘भूकम्पपछिको पुनर्निर्माण र बाढिपहिरो पीडितको लागि हामीले यति तिव्र काम र्गयौँ, यस्तो तिव्रताका साथ काम अहिलेसम्म भएको थिएन।’

यस्तै देशमा ठूला विकास निर्माणका काम अघि बढेको तर आफ्नै दलका केहि नेताहरुले देखि नसहेको पनि ओलीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्